NIMB Header 2
Nepal Life

कुमारी बैंकले उद्यमशिलता प्रर्वद्धनका लागि क्युआर कारोबारकै धितोमा कर्जा दिने

National Life
  • BFIS News
  • 2024 Sep 01 22:19
कुमारी बैंकले उद्यमशिलता प्रर्वद्धनका लागि क्युआर कारोबारकै धितोमा कर्जा दिने
Sanima Reliance

काठमाडौं । देशका हरेक भागमा रहेका उद्यमशिलता प्रर्वद्धनका लागि ‘देशैभरी वर्षैभरी’ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम संचालन गरिरहेको कुमारी बैंकले साना उद्यमीहरुलाई वित्तीय सबलता प्रदान गर्ने उद्देश्यले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा संचालन गरिहेको छ ।

Shikhar
NIMB

यस योजना अन्तर्गत उद्यमीहरुले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाहरुमा आफ्ना ब्यावसायको खाता खोली क्युआर मार्फत प्रतिहप्ता कम्तीमा दुई ब्यावसायिक कारोबारहरु लगातार ४ हप्ता भई मासिक कम्तीमा १० हजार रुपैयाँ बराबरको कारोबार उक्त बैंक खातामा हुँदा उद्यमीहरुले २ लाखसम्मको कर्जा कुनै पनि कागजात वा धितो बिना नै कुमारी बैंकको मोवाइल बैकिङ एप प्रयोग गरी सहजै लिनसक्ने छन् ।

यसरी लिएको कर्जाको भुक्तानीको तरिका समेत उक्त एप मार्फत नै गर्न सकिने भएकोले व्यावसायीहरु कर्जा लिन तथा तिर्नका लागि बैंक जानु पर्ने छैन ।

यस सुविधाबाट साना उद्यमीहरु सहजै औपचारिक वित्तीय संयन्त्रमा आर्कषित हुने तथा उनीहरुको उद्यमशिलता प्रजर्द्धनमा केही टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दैआएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया