NIMB Header 2
Nepal Life

अगस्टमा पर्यटक आगमनमा वृद्धि, यस वर्ष आउनेको संख्या ७ लाख नाघ्यो

National Life
  • BFIS News
  • 2024 Sep 02 15:03
अगस्टमा पर्यटक आगमनमा वृद्धि, यस वर्ष आउनेको संख्या ७ लाख नाघ्यो
Sanima Reliance

काठमाडौं । सन् २०२४ को अगस्ट महिनामा ७२ हजार ७१९ पर्यटक नेपाल भित्रिएका छन्। पर्यटन बोर्डका अनुसार अघिल्लो वर्ष (सन् २०२३) को अगस्टमा ६७ हजार १५३ पर्यटक आएका थिए। यस्तै, सन् २०२२ को अगस्टमा ४१ हजार ३०४ पर्यटक आएका थिए।  कोरोनाअघि सन् २०१९ को अगस्टमा ९४ हजार ७४९ पर्यटक आएका थिए।

Shikhar
NIMB

सबैभन्दा धेरै भारतीय पर्यटक आएका छन्। बोर्डका अनुसार भारतबाट २५ हजार ८३२ पर्यटक आएका छन्। चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलंकाबाट ४ हजार ८५१ र बंगलादेशबाट ३ हजार ७७ पर्यटक आएका छन्।

यससँगै सन् २०२४ को ८ महिना (जनवरीदेखि अगस्टसम्म) मा ७ लाख २ हजार ३३४ पर्यटक आएका छन्। बोर्डको तथ्यांक अनुसार जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ७९ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६ र मे मा ९० हजार २११, जुनमा ७६ हजार ७३६, जुलाईमा ६४ हजार ५९९ पर्यटक भित्रिएका थिए।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया