Nepal Life

सेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न युनिलिभरको आग्रह

NMB Bank
  • BFIS News
  • 2024 Sep 03 08:32
सेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न युनिलिभरको आग्रह
United Ajod

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले सेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले लाभांश सेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टममार्फत रकम भुक्तानी गर्ने भएकाले सेयर अभौतिकीकरण गरी हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न अनुरोध गरेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीका अनुसार हालसम्म आफ्नो नाममा भौतिक सेयर धारण गरेका सेयरधनीले हितग्राही खाता खोली सेयर अभौतिकीकरण पनि गनुपर्नेछ। सेयरधनीहरूले सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोलेपश्चात मात्र लाभांश रकम प्राप्त हुने कम्पनीको भनाइ छ।

साथै प्रत्येक सेयरधनीहरूलाई प्यान नम्बर, फोन वा मोबाइल नम्बर र इमेल आइडी हितग्राही खातामा अद्यावधिक गराउन पनि कम्पनीले आग्रह गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया