Nepal Life

सहकारी रकम दुरुपयोग छानविन गर्न बनेको विशेष समितिको म्याद १५ दिन थपियो

NMB Bank
  • BFIS News
  • 2024 Sep 03 17:46
सहकारी रकम दुरुपयोग छानविन गर्न बनेको विशेष समितिको म्याद १५ दिन थपियो
United Ajod

काठमाडौं । सहकारी रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न बनेको संसदीय विशेष छानविन समितिको म्याद १५ दिन थप भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

Shikhar
Nepal Life
NIMB

१५ जेठमा गठन भएको उक्त संसदीय समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । पहिले समितिको अवधि ३ महिना तोकिएकाले २२ भदौमा समय सकिँदै थियो।

समितिमा ७ सांसद रहेका छन् । कार्य प्रारम्भ गरेको दिनदेखि ३ महिनाको कार्यकाल रहेको समितिको म्याद भदौ २२ गते सकिन लागेको थियो । समितिले जेठ २३ देखि काम थालेको थियो ।

समितिका कामबारे सभापति थापाले प्रतिनिधिसभालाई जानकारी पनि दिएका थिए ।

सो क्रममा थापाले भने, 'हालसम्म समितिले विभिन्न सहकारी सस्थाको बचत रकम अपचलनमा जोडिएका भनी आरोपित ५० जना व्यक्तिहरूसँग सोधपुछ कार्य सम्पन्न गरिसकेको सभालाई जानकारी गराउन चाहन्छु ।'

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया