NIMB Header 2
Nepal Life

सिन्धु विकास बैंकले माग्यो सिइओ, यस्ता छन् आवश्यक योग्यता

Prabhu Mahalaxmi
  • BFIS News
  • 2024 Sep 04 08:09
सिन्धु विकास बैंकले माग्यो सिइओ, यस्ता छन् आवश्यक योग्यता
United Ajod

काठमाडौं । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) मागेको छ। बैंकले खुला प्रतिस्पर्धाका माध्यमबाट सिइओ नियुक्त गर्ने जनाउँदै विज्ञापन आह्वान गरेको हो।

Nepal Life
NIMB

इच्छुक योग्य व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदनका साथमा उम्मेदवारको पूर्ण बायोडाटा, शैक्षिक प्रमाणपत्र, लब्धाङ्कपत्रको प्रतिलिपि तथा अपराधिक पृष्ठभुमि नदेखिएको प्रहरी प्रतिवेदनसमेत समावेश गर्नुपर्ने बैंकले जनाएको छ।

शैक्षिक योग्यतामा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ, वा चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ।

वाणिज्य बैंकको सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तिमा ३ वर्ष काम वा राष्ट्रियस्तरको विकास बैंकमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तिमा ५ वर्ष वा जिल्ला तथा प्रदेश स्तरको विकास बैंक वा वित्त कम्पनीमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तिमा ७ वर्ष काम गरेको हुनुपर्ने विज्ञापनमा उल्लेख छ।

उमेर हद ४५ वर्ष पूरा गरी ६५ वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएको छ।

undefined

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया