NIMB Header 2
Nepal Life

तीन महिनादेखि बन्द रहेको इलामको सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने

Prabhu Mahalaxmi
  • BFIS News
  • 2024 Sep 04 08:31
तीन महिनादेखि बन्द रहेको इलामको सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने
United Ajod

काठमाडौं। तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ। बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए।

Nepal Life
NIMB

गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेयता उडान हुन सकेको छैन। त्यस्तै गत जेठ १७ गते काठमाडौँबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ नै फर्केको थियो।

गत बिहीबार पनि उडान गर्ने भनिए पनि यात्रु नभएपछि उडान हुन सकेको थिएन। इन्चार्ज सुन्दासले मौसममा सुधार नआउन्जेलसम्म उडान नहुने जानकारी दिँदै साताको प्रत्येक बिहीबार उडान गर्ने योजना रहेको बताए।

नेपाल एयरलाइन्सले २०७९ माघ १ गतेदेखि काठमाडौँ–इलाम–काठमाडौँ उडान भर्दै आएको थियो। यसअघि नेपाल एयरलाइन्सले सातामा आइतबार र बिहीबार दुईवटा उडान गरेको भए पनि अब भने बिहीबार मात्रै हुने जनाइएको छ।

फाल्गुनन्द सुकिलुम्बा विमानस्थल इलाम नगरपालिका–९ मा पर्छ। यहाँबाट पहाडी जिल्ला इलामसहित पाँचथर र भारतका बिभिन्न यात्रुलाई काठमाडौँ आवतजावतमा सहज हुँदै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया