Nepal Life

पारा ओलम्पिक्समा ऐतिहासिक पदक दिलाउने पलेशाको भव्य स्वागत

NMB Bank
  • BFIS News
  • 2024 Sep 04 13:27
पारा ओलम्पिक्समा ऐतिहासिक पदक दिलाउने पलेशाको भव्य स्वागत
United Ajod

काठमाडौं । पेरिस पारा ओलम्पिक्स २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई भव्य स्वागत गरिएको छ ।

आज त्रिभुवन विमानस्थलमा उनलाई राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, समर्थक, खेलकुदप्रेमीलगायतले स्वागत गरेका हुन्।

Shikhar
Nepal Life
NIMB

पलेशाले पेरिस पारा ओलम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्वियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन्।

गोबर्धनले छोटो समयको तयारीका बाबजुद पनि पदक जित्दा गौरव लागेको बताइन्। उनले यो आफ्नो मात्र सफलता नभई सिंगो देशको भएको उल्लेख गरिन्। पलेसाले भनिन्, ‘यो सफलता मेरो मात्र होइन । सबैको लागि हो । अब हामी गौरवका साथ भन्न सक्छौं हामीसँग पनि एउटा ओलम्पिक मेडल छ ।’

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया