Nepal Life

पशुपति क्षेत्रका चार किल्लाभित्र तीन दिन मासु, मदिरा तथा नशालु पदार्थ निषेध

NMB Bank
  • BFIS News
  • 2024 Sep 04 16:36
पशुपति क्षेत्रका चार किल्लाभित्र तीन दिन मासु, मदिरा तथा नशालु पदार्थ निषेध
United Ajod

काठमाडौं । पशुपति क्षेत्रका ४ किल्लामा ३ दिनसम्म मासु, मदिरा तथा नशालु पदार्थ निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीजका लागि भन्दै ३ दिन सम्म उक्त क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ निषेध गरेको हो।

Shikhar
Nepal Life
NIMB

गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क - उमाकुण्ड - गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण भित्रका सबै भागमा निषेध गरिएको हो।

भदौ २० देखि २२ गतेसम्म मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाइएको हो।

तीजलाई मर्यादित, व्यवस्थित र सुरक्षित रुपमा सम्पन्न गर्न भगवान श्री पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्र भित्रको सुरक्षालगायत धार्मिक एवं साँस्कृतिक मर्यादा तथा पवित्रता कायम राख्ने उद्देश्यले निषेध लगाइएको सूचनामा उल्लेख छ।

कोही कसैले सूचनाको बर्खिलाप गरी कुनै काम गरेमा प्रचलित कानून वमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया