NIMB Header 2
Nepal Life

साताको कारोबारको अन्तिम दिन पनि रोकिएन नेप्सेको ओरालो यात्रा

National Life
  • BFIS News
  • 2024 Sep 05 15:38
साताको कारोबारको अन्तिम दिन पनि रोकिएन नेप्सेको ओरालो यात्रा
Sanima Reliance

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहीबार पनि नेप्से परिसूचक घट्ने क्रम रोकिएन। आज नेप्से दोहोरो अंकले घटेको छ। नेप्से १२.१० अंकले घटेर २७२७.३६ विन्दुमा बन्द भएको छ।

Shikhar
NIMB

बुधबार नेप्सेमा भारी अंकको गिरावट आएको थियो। सो दिन नेप्से ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा बन्द भएको थियो।

आज कारोबार रकममा पनि कमी आएको छ। बुधबार १२ अर्ब ९२ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ९ अर्ब ६५ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन अर्ब २७ करोड रूपैयाँ कमी आएको हो।

यसदिन ३१६ वटा धितोपत्रको दुई करोड एक लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ वटाको घटेको छ। यस्तै, पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य पाँच हजार १७० रूपैयाँ कायम भएको छ। यसैगरी, युनिक नेपाल लघुवित्तको मूल्य ९.१४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ७८३ रूपैयाँ पुगेको छ।

यस्तै, नेपाल फाइनान्सको मूल्य सर्वाधिक ८.९१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ५०३ रूपैयाँमा झरेको छ।

विन्ध्यवासिनी हाइड्रोपावरको मूल्य ५.७७ प्रतिशतले घटेको छ। उक्त कम्पनीको मूल्य ६४० रूपैयाँ कायम भएको छ।

बिहीबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ५०३ रूपैयाँमा ४० करोड ५० लाखको सेयर कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३२५ रूपैयाँमा ३४ करोड २२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये माइक्रोफाइनान्स र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ।

यसदिन लघुवित्त समूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशतले बढेको छ भने लगानी समूहको परिसूचक सर्वाधिक १.३६ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया