शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट, १ लाख ८४ हजारभन्दा बढी आवेदकले पाए १० कित्ता
- BFIS News
- 2026 Mar 17 10:54
काठमाडौं । चैत ३ गते मंगलबार शिखर पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट गरिएको हो।
कम्पनीले गत फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १८ लाख ४२ हजार ६०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो।
उक्त आईपीओमा कुल २६ लाख ८७ हजार ३४७ जनाले आवेदन दिएका थिए। उनीहरूले जम्मा २ करोड ८८ लाख १६ हजार ९९० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। प्राप्त आवेदनमध्ये २६ लाख ५० हजार ८४७ आवेदन स्वीकृत भएका छन् भने ३६ हजार ५०० आवेदन विभिन्न कारणले रद्द गरिएको छ।
मागभन्दा अत्यधिक आवेदन परेपछि गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको हो। यसअनुसार १ लाख ८४ हजार २६० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी आवेदक भने यस पटकको गोलाप्रथामा परेनन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)















प्रतिक्रिया