Nepal Life

अमेरिकी डलरले बनायो रेकर्ड, युरो र पाउण्ड स्ट्रलिङको भाउ पनि बढ्यो

NMB Bank
  • BFIS News
  • 2024 Sep 06 08:55
अमेरिकी डलरले बनायो रेकर्ड, युरो र पाउण्ड स्ट्रलिङको भाउ पनि बढ्यो
United Ajod

काठमाडौं — अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १३४.०८ रुपैयाँ र बिक्रीदर १३४.६८ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो ।

बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरका अनुसार बिहीबार युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८२ पैसा कायम भएको थियो भने आज एकको खरिदर एक सय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा कायम भएको छ । बिहीबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५९ पैसा रहेको थियो भने आज एकको खरिददर एक सय ७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया