भगवती हाइड्रोपावरद्वारा लाभांश घोषणा
- BFIS News
- 2024 Sep 08 12:25
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८०/८१ खुद मूनाफा तथा सन्चित मूनाफाबाट सेयरधनीहरूलाई कम्पनीको चुक्तापूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १०.७३६८ प्रतिशत नगद लाभांश(नगद लाभांश र बोनस सेयरमा लाग्ने कर समेत) र ४ प्रतिशत बोनस सेयर गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
यो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया