Nepal Life

सरकारी कर्मचारीलाई अब खाजा समय ३० मिनेट मात्र

NMB Bank
  • BFIS News
  • 2024 Sep 09 08:11
सरकारी कर्मचारीलाई अब खाजा समय ३० मिनेट मात्र
United Ajod

काठमाडौं । सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

Shikhar
Nepal Life
NIMB

प्रधानमन्त्री ओलीले भनेका छन्, “खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनुहुँदैन, कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकाले त्यसबाट घटाएर हरेक दिन १:३० देखि २ बजेसम्म कायम गरिएको छ ।”

उनले कार्यालयको खाजा समयको नियमलाई उल्लङ्घन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्न अनुरोधसमेत गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया