Nepal Life

सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन

NMB Bank
  • BFIS News
  • 2024 Sep 11 08:20
सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन
United Ajod

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा इक्विटी फण्डको इकाई मूल्य समायोजन भएको छ। प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले इकाई मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

Shikhar
Nepal Life
NIMB

नेप्सेले फण्डको १५ प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात फण्डको इकाईमूल्य १० रुपैयाँ ९० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फण्डको इकाईमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा फण्डको इकाई १२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा फण्डको कारोबार खुल्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया