United Ajod

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो?

  • BFIS News
  • 2024 Sep Wed 11:44
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो?

काठमाडौं । नेपाली बजारमा आज सुनले उच्च मूल्यले नयाँ रेकर्ड बनाएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

यसअघि गत भदौ २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ५३ हजार तीन रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ५३ हजार चार सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा भने बुधबार सुनको भाउ प्रतितोला एक हजार रूपैयाँ बढेको हो।

बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १५ रूपैयाँ बढेर प्रतितोला एक हजार ७८० रूपैयाँमा कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया