Nepal Life

किन भयो अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द?

NMB Bank
  • BFIS News
  • 2024 Sep 12 08:23
किन भयो अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द?
United Ajod

काठमाडौं । तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द गरिएको छ। कम्पनी रजिस्टारको कार्यालयले एक सूचना जारी गर्दै यस्तो सेवा बन्द गरिएको जानकारी गराएको हो।

Shikhar
Nepal Life
NIMB

अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशलाई कारण देखाएर कार्यालयले सूचना प्रकाशित गरेर सेवा बन्द गरिएको जानकारी दिएको छ।

कार्यालयले कम्पनी दर्तालाई अनलाइन प्रक्रियामा लैजाने गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याउन लागेको थियो, त्यसविरुद्ध अदालतमा मुद्दा परेको थियो।

सर्वोच्च अदालतले असार १९, साउन १७, भदौ ९ र भदौ १६ गते कार्यालयले गरेका निर्णयअनुसारका सबै काम कारबाहीमाथि रोक लगाएको कारण सेवा बन्द गरिएको जनाइएको छ।

कार्यालयका निमित्त रजिस्ट्रार सोमराज बरालले सर्वोच्च अदालतले कार्यालयको नयाँ सफ्टवेयर कार्यान्वयन तत्काल रोक्नु भनी अन्तरकालीन अन्तरिम आदेश जारी गरेकाले अदालतबाट भएको आदेश कार्यान्वयन गर्न अटोमेसन सेवा बन्द गरिएको जानकारी दिए।

तत्कालका लागि अनलाइन सेवा बन्द गरिए पनि भौतिक रूपमा उपस्थित भएर कम्पनी दर्ताको काम भने नियमित रूपमा भइरहेको छ।

कार्यालयले सञ्चालनमा ल्याएको ‘कम्पनी एड्मिनिस्ट्रेसन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ विरुद्ध परेको रिटमा कारण देखाउ आदेशसहित अन्तरकालीन अन्तरिम आदेश जारी भएको छ।

यो सेवा कहिले सुरू गर्ने नयाँ सफ्टवेयर प्रयोग गर्ने वा नगर्ने भन्ने विषय आदेश टुंगो लागेपछि मात्रै थाहा हुने कार्यालयले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया