NIMB Header 2
Nepal Life

‘सि–चेक’ का लागि इटाली गएको दुई महिनापछि नेपाल फर्कियो निगमको वाइडवडी, अर्को उतै

National Life
  • BFIS News
  • 2024 Sep 12 10:00
‘सि–चेक’ का लागि इटाली गएको दुई महिनापछि नेपाल फर्कियो निगमको वाइडवडी, अर्को उतै
Sanima Reliance

काठमाडौं । सम्पूर्ण मर्मत ‘सि–चेक’ का लागि इटाली पठाइएको नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज दुई महिनापछि नेपाल फर्किएको छ ।

निगमको वाइडबडी जहाज '9N- ALY (अन्नपूर्ण)' नियमित सी-चेक मर्मतपश्चात् आज बिहान काठमाडौं अवतरण गरेको हो।

Shikhar
NIMB

विमान फर्किएसँगै निगमले लामो दुरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा जहाजले सेवा दिने जनाउँदै यात्रुलाई थप सुविधा पुग्ने विश्वास लिएको छ।

नेवानि व्यवस्थापनले वाइडबडीको सि–चेकको जिम्मेवारी इटालीको एटिटेक एसपिए कम्पनीलाई दिएको छ। सम्झौताबमोजिम नेवानिले ३० दिनमा सि–चेक गरेर नियमित उडानमा फर्काउने भन्दै जहाज ८ असार (२२ जुन) मा दुबई हुँदै इटाली पुर्‍याएको थियो।

कलसाइन ‘९ एन–एएलवाई’ वाइडबडी जहाज सि–चेकका क्रममा पुनः इन्जिनमा समस्या देखिएपछि ढिलाइ हुन पुगेको नेवानिले जनाएको थियो।

नेवानिको अर्को वाइडबडी ९ एन–एएलजेड पनि सि–चेकका लागि इटालीमै छ। १२ भदौमा इटाली पठाइएको दोस्रो वाइडबडी नेपाल फर्किन अझै महिनादिन लाग्ने बताइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया