NIMB Header 2
Nepal Life

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र माला लगाएरै प्रवेश नगरिदिनुस् : प्राधिकरण

National Life
  • BFIS News
  • 2024 Sep 12 10:32
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र माला लगाएरै प्रवेश नगरिदिनुस् : प्राधिकरण
Sanima Reliance

काठमाडौं । नागरिक उड्ड्यन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र खादा र माला लगाएरै भित्र नछिर्न आग्रह गरेको छ। ल्याउनै परे पनि झोलाभित्र नदेखिने गरी राखेरमात्रै आउन आग्रह गरेको छ।

Shikhar
NIMB

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा जाँच उपकरण खादा, मालाले बिग्रिएको भन्दै बाहिर देखिने गरी नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालय आग्रह गरेको हो। यात्रुले लगाएर वा ब्यागमा भुन्ड्याएर खादा, माला नल्याउन कार्यालयले आग्रह गरेको हो।

कार्यालयले आज सूचना जारी गर्दै यात्रुले लगाएको खादा, माला आदिले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्‍याइरहेको जनाएको छ।

‘साथै यात्रुले लगाएको खादा, माला विमानस्थलका विभिन्न भागमा छाडी जानेसमेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको’, कार्यालयले सूचनामा भनेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया