Nepal Life

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवालीलाई नियुक्त गर्ने सरकारको निर्णय

NMB Bank
  • BFIS News
  • 2024 Sep 13 07:52
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवालीलाई नियुक्त गर्ने सरकारको निर्णय
United Ajod

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन्। बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

Shikhar
Nepal Life
NIMB

यसअघि सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले सिइओ पदमा आवेदन खुलाएको थियो।

सिइओका लागि आठ जनाको आवेदन परेको थियो। जसमध्येबाट सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्टमा परेका थिए।

त्यसमध्येबाट पनि तीनजनाको नाम मन्त्रिपरिषदमा पठाइएकोमा ज्ञवालीलाई नियुक्त गरिएको हो।

ज्ञवाली यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत रहेका थिए। उनी प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलनिकट मानिन्छन्।

सरकारले यस पटक प्रमुख कार्यकारी सिफारिससम्बन्धी कार्यविधि २०८१ बनाएरै नियुक्ति प्रक्रिया अघि बढाएको थियो।

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया