NIMB Header 2
Nepal Life

एभरेष्ट बैंकले बोलायो साधारण सभा, लाभांश वितरणसहित यस्ता एजेण्डा हुनेछन् प्रस्तुत

National Life
  • BFIS News
  • 2024 Sep 15 11:39
एभरेष्ट बैंकले बोलायो साधारण सभा, लाभांश वितरणसहित यस्ता एजेण्डा हुनेछन् प्रस्तुत
Sanima Reliance

काठमाडौं । लाभांशको प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले साधारण सभा बोलाएको छ। बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले ३० औं वार्षिक साधारण सभा आगामी असोज २० गते आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनन सेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।

Shikhar
NIMB

बोनस सेयर जारी भएपश्चात पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम संशोधन गर्ने, सञ्चालकलाई नेपालभित्र, भारत र नेपाल तथा भारत बाहिर अन्य देशको भ्रमण गर्नु पर्दा दैनिक भत्ता विगत ९ वर्ष देखि पुनरावलोकन नभएकोले हालको मुद्रास्फीतिलाई मध्यनजर गरी हाल कायम रहेको दैनिक भत्ता परिवर्तन गर्नका लागि नियमावलीको संशोधन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धी प्रस्ताव पारित गर्ने र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।  
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८१ असार मसान्तसम्मको वासलात, आव २०८०/८१ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया