अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता
- BFIS News
- 2024 Sep 16 04:41
काठमाडौँ । अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण उपलब्ध गराउन मन्त्रालयहरुलाई ताकेता गरेको छ ।
विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका सचिवहरुसँग बैठक गरी अर्थले स्रोत सुनिश्चित भएका र नभएका बहुवर्षीय ठेक्का दायित्वको एकीन विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
त्यसैगरी अर्थले भुक्तानी गर्नुपर्ने दायित्वको विवरण उपलब्ध गराउन पनि निर्देशन दिएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बहुवर्षीय ठेक्का र भुक्तानी दिन बाँकी दायित्वमा समस्या देखिएकाले एकीन विवरण प्राप्त भएपछि उपयुक्त निर्णय गर्ने बताए ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया