United Ajod

सुनको उच्च मूल्य रेकर्ड यात्रा जारी, एक तोलाको कति पुग्यो?

  • BFIS News
  • 2024 Sep Mon 12:18
सुनको उच्च मूल्य रेकर्ड यात्रा जारी, एक तोलाको कति पुग्यो?

काठमाडौं। नेपाली बजारमा आज (सोमबार) पनि सुनले उच्च मूल्यलेनयाँ रेकर्ड बनाएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि आइतबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ५६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १५ रूपैयाँ पुगेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया