Nepal Life

सुनको उच्च मूल्य रेकर्ड यात्रा जारी, एक तोलाको कति पुग्यो?

NMB Bank
  • BFIS News
  • 2024 Sep 16 12:18
सुनको उच्च मूल्य रेकर्ड यात्रा जारी, एक तोलाको कति पुग्यो?
United Ajod

काठमाडौं। नेपाली बजारमा आज (सोमबार) पनि सुनले उच्च मूल्यलेनयाँ रेकर्ड बनाएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि आइतबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ५६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

Shikhar
Nepal Life
NIMB

आज सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १५ रूपैयाँ पुगेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया