लाभांश घोषणा गरेको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को बुक क्लोज कहिले?
- BFIS News
- 2024 Sep 18 08:29
काठमाडौं। ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को बुक क्लोज आगामी असोज ११ गते हुने भएको छ। ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित उक्त फण्ड १ को गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय भएको हो।
अब असोज १० गतेभित्र कायम इकाइधनीहरुले मात्र योजनाका लागि घोषित प्रतिफल पाउनेछन्।
क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का इकाइधनीहरुलाई गत आवका लागि करसहित ५ प्रतिशत का दरले हुन आउने रकम रु ५ करोड १२ लाख ८८ हजार रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)










.jpg)
.jpg)



प्रतिक्रिया