NIMB Header 2
Nepal Life

बोलकबोल प्रक्रियामार्फत सेयर बिक्री गर्दै आँखुखोला जलविद्युत, न्यूनतम मूल्य कति?

National Life
  • BFIS News
  • 2024 Sep 20 08:15
बोलकबोल प्रक्रियामार्फत सेयर बिक्री गर्दै आँखुखोला जलविद्युत, न्यूनतम मूल्य कति?
Sanima Reliance

काठमाडौं । आँखुखोला जलविद्युतले बोलकबोल प्रक्रियामार्फत सेयर बिक्रीमा राख्ने भएको छ। कम्पनीले आगामी असोज ११ गतेदेखि १७ लाख ५० हजार २४८ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राख्न लागेको हो।

Shikhar
NIMB

कम्पनीले असार ३१ गतेसम्म कायम साविकका सेयरधनीहरुका गत साउन २७ गतेदेखि भदौ १६ गतेसम्म १ कित्ता सेयरबराबर नयाँ १.५ कित्ता (१:१.५) अनुपातमा प्रति कित्ता रु.१०० अंकित दरको १ करोड २० लाख कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो।

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने ४१ हजार ३६२ जना सेयरधनीहरुलाई १ करोड २ लाख ४९ हजार ७५२ कित्ता हकप्रद सेयर बाँडफाँट भएको थियो । बाँकी १७ लाख ५० हजार २४८ कित्ता हकप्रद सेयर अवितरित रहेको थियो ।  

कम्पनीले असोज ११ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउन लागेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।

बोलकबोल आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ, नबिल बैंकका शाखा कार्यालयहरु,विर्तामोड, विरगञ्ज, हेटौडा, जावलाखेल,लेकसाइड,नेपालगञ्ज,सुर्खेत र धनगढीमा बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असोज २० गते रहेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया