NIMB Header 2
Prabhu Mahalaxmi

नेपाल इन्स्ट्याण्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फरको मज्जा लिन सकिने

United Ajod
  • BFIS News
  • 2024 Sep 20 21:13
नेपाल इन्स्ट्याण्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फरको मज्जा लिन सकिने
IME LIFE

काठमाडौं । नेपालीहरुको महान पर्व वडा दशंैलाई लक्षित तथा डिजिटल कारोबारलाई प्रबद्र्धन गर्न मोबाइल नम्बरको आधारमा हुने NEPALPAY Instant को फण्ड ट्रान्स्फर निःशुल्क गरिएकोे छ ।

Nepal Life
NIMB

अब NEPALPAY Instant को सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग ग्राहकहरु तथा कनेक्टआइपीएस प्रयोगकर्ताहरूले असोज ३० गतेसम्मका लागि NEPALPAY Instant मार्फत बिना शुल्क २६ बैंक वित्तीय संस्थाहरुमा फण्ड ट्रान्स्फर गर्न सक्नेछन् ।   

NEPALPAY Instant एक proxy को आधारमा डाइरेक्ट क्रेडिट उपकरण हो जसमा लाभग्राहीको Virtual Private Address (VPA) को आधारमा फण्ड ट्रान्स्फर गर्न सकिन्छ जुन लाभग्राहीको मोबाइल नम्बर रहेको छ ।

हाल NEPALPAY Instant को सुविधा connectIPS तथा कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, गरिमा विकास बैंक तथा साग्रिंला विकास बैंकका मोबाइल बैंकिङ्ग एपहरुमा उपलब्ध रहेको छ । थप जानकारीको लागि आफ्नो बैंकलाई सम्पर्क गर्नुपर्नेछ वा  होस् वा www.nchl.com.np मा जानसकिनेछ । 

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया