युरोपेली संघ (ईयू) का नेताहरु रुसबाट ९० प्रतिशत तेल आयात रोक्न सहमत
- BFIS News
- 2022 May 31 10:30
युक्रेनको सहायताका लागि बेल्जियमको ब्रसेल्समा सोमबार बसेको युरोपेली संघ (ईयू)का नेताहरुको बैठकमा रूसी तेल कटौतीमा सैद्धान्तिक सहमति भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
हंगेरीको असहमतिका कारण यस विषयमा ईयूका नेताहरुबीच घण्टौं छलफल चलेको थियो । अन्ततः हंगेरी पनि सहमत भएपछि यही वर्षको अन्तसम्ममा ईयूले करिब ९० प्रतिशत रुसी तेल आयात कटौती गर्ने बीबीसीले जनाएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया