NIMB Header 2
Nepal Life

शेयर बजार अप्राकृतिक रुपमा घटाइएको भन्दै छानविन गर्न लगानीकर्ताको माग

National Life
  • BFIS News
  • 2024 Sep 25 14:33
शेयर बजार अप्राकृतिक रुपमा घटाइएको भन्दै छानविन गर्न लगानीकर्ताको माग
Sanima Reliance

काठमाडौं। हालका केही दिनदेखि नेपालका पुँजी बजारमा अप्राकृतिक गिरावट जारी रहेको विषयलाई लिएर आम लगानीकर्ताहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। चार लगानीकर्ता संगठनले एक विज्ञप्ति जारी गर्दै पुँजी बजार निरन्तर घट्ने प्रक्रियामा कुनै ठोस तथ्यपरक आधार नभएको दाबी गरेका हुुन् ।

Shikhar
NIMB

विभिन्न लगानीकर्ता समूहहरूले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, र नेपाल स्टक एक्सचेन्जमा यस विषयमा आफ्नो गुनासो राखिसकेको भन्दै, सम्बन्धित निकायले तत्काल छानबिन गर्न जोडदार माग गरेका छन्। उनीहरूले पुँजी बजारलाई स्वतन्त्र र निष्पक्ष रूपमा सञ्चालन गर्न तथा आम लगानीकर्ताको अधिकारको संरक्षणका लागि नियमनकारी निकायबाट तुरुन्त पहल गरिनुपर्ने बताएका छन्।

साथै, विज्ञप्तिमा आम लगानीकर्ताहरूलाई सुझबुझका साथ कारोबार गर्न र कसैको लहलहमा नपर्न सुझाव दिइएको छ। पुँजी बजार सुधारका लागि एकजुट भएर अगाडि बढ्न समेत आग्रह गरिएको छ।

विज्ञप्तिमा जनरल इन्भेष्टर एसोसिएसनका अध्यक्ष दीपक कार्की, सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, साधारण लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे र नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष ऋतुजंग जिसी (जगतजङ्ग) ले हस्ताक्षर गरेका छन्।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया