NIMB Header 2
Nepal Life

अघि बढ्यो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया, यसअघि अनुपस्थित तीनजनालाई बोलाइयो

National Life
  • BFIS News
  • 2024 Sep 26 08:53
अघि बढ्यो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया, यसअघि अनुपस्थित तीनजनालाई बोलाइयो
Sanima Reliance

काठमाडौं। धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको छ। यसअघि अन्तर्वार्ता र प्रस्तुतीकरणमा अनुपस्थित भएका तीनजनालाई अर्थ मन्त्रालयले सूचना प्रकाशन गर्दै अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि बोलाएको छ।      

धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंलाई बोलाइएको हो। उनीहरूलाई अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि असोज १८ गते बिहान ८ बजे बोलाइएको छ।

Shikhar
NIMB

यसअघि दुई पटकसम्म उनीहरूलाई अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि बोलाए पनि उनीहरूले बहिष्कार गरेका थिए। अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि अन्तिम पाँचजना छनोट भएकोमा सन्तोषनारायण श्रेष्ठ, धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ मात्रै उपस्थित भएका थिए।

पाँच जनामध्ये दुई मात्रै उपस्थित भएपछि प्रक्रिया अगाडि बढ्न सकेको थिएन। महान्यायाधिवक्ताको कार्यालयले बोर्डको अध्यक्षमा अन्तर्वार्तामा सहभागी भएका दुईजनालाई मात्रै सिफारिस गर्न नमिल्ने व्याख्या गरेपछि सिफारिस प्रक्रिया रोकिएको थियो।

धितोपत्र ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि सरकारलाई कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया