NIMB Header 2
Nepal Life

नेशनल हाइड्रोको नविकेको हकप्रद लिलाम मार्फत बिक्री गर्दै, पहिलो चरणमा सर्वसाधारणका लागि

Muktinath Bank
  • BFIS News
  • 2023 Aug 22 06:46
नेशनल हाइड्रोको नविकेको हकप्रद लिलाम मार्फत बिक्री गर्दै, पहिलो चरणमा सर्वसाधारणका लागि
National Life

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले नविकेको हकप्रद शेयर बोलकबोल लिलाम मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा सर्वसाधारण समुहको एक करोड ३३ लाख ६७ हजार ७४२ कित्ता शेयर आगामी भदौ १३ गतेदेखि २४ गतेसम्म बोलकबोल लिलाम आह्वान गरेको हो । आवेदकले न्युनतम १०० कित्तादेखि १० ले भाग जाने संख्यामा आवेदन दिनु पर्नेछ । 

NIMB

शेयर खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीहरुले कति दरमा लिन कबुल गर्ने हो सोको विवरण सहित गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्ने छन् । यस्तो बोलपत्र आवेदन मुक्तिनाथ क्यापिटल नारायणचौर नक्साल, मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरु ठिमी-भक्तपुर, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगंज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुरमा बुझाउन सकिनेछ ।   

कम्पनीले गएको असार २९ गतेदेखि साउन १८ गतेसम्म १० बराबर ५ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो । कम्पनीको चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार रूपैयाँको ५० प्रतिशत अर्थात ८२ करोड २१ लाख ४५ हजार रूपैयाँ बराबरको ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी श्राङ्गपाल गाउँपालिका तथा मेलम्ची नगरपालिका भएर बग्ने ईन्द्रावती नदीको पानी उपयोग गरी ७ दशमलव ५ मेगावाट क्षमताको ईन्द्रावती–३ जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ । उक्त आयोजनाबाट कम्पनीले २०५९ साल असार २१ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

हाल कम्पनीले ४ दशमलव ५ मेगावाट क्षमताको तल्लो ईन्द्रावती जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यीसँगै भोजपुर जिल्लामा १४ दशमलव १५ मेगावाट क्षमताको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको निर्माण कम्पनीकै अधिकतम शेयर भएको लोअर इर्खुवा हाइड्रो पावर कम्पनी मार्फत भइरहेको छ ।

कम्पनीको सुनकोशी हाइड्रो पावरलाई प्राप्ति गरी २०७९ साल असोज १४ गतेदेखि एकिकृत कारोबार सुरू गरेको थियो । सुनकोशी हाइड्रोपावर कम्पनीमार्फत यस कम्पनीले तल्लो इन्द्रावती जलविद्युत आयोजनामा लगानी गरेकोमा उक्त आयोजनाको इजाजत पत्र नेपाल सरकारले रद्द गरेको छ ।

नेपाल सरकारले सो आयोजना लिलाम बढाबढ प्रकृया मार्फत उपलब्ध गराउने निर्णय गरेसँगै नेशनल हाइड्रोपावरले सो इजाजत पत्र प्राप्त गरी उक्त आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ । कम्पनीले सोही आयोजनामा लगानी गर्न हकप्रद विक्री गर्न लागेको हो ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया