NIMB Header 2
Nepal Life

एकदिन बढी टिक्न सकेन नेप्सेको उकालो यात्रा, ३२.८१ अंकले घटे पनि कारोबार रकममा भने केही वृद्धि

National Life
  • BFIS News
  • 2024 Sep 26 15:35
एकदिन बढी टिक्न सकेन नेप्सेको उकालो यात्रा, ३२.८१ अंकले घटे पनि कारोबार रकममा भने केही वृद्धि
Sanima Reliance

काठमाडौं। बुधबार दोहोरो अंकले बढेको नेप्से परिसूचक आज दोहोरो अंकले नै घटेको छ। नेप्सेको वृद्धि एकदिन बढी टिक्न सकेन। बुधबार ४९.१८ अंकले बढेर २५१९.५७ विन्दुमा पुगेको नेप्से आज ३२.८१ अंकले ओरालो लागेको छ। आज नेप्से २४८६.७६ विन्दुमा बन्द भएको छ।

आज अघिल्लो दिनको तुलनामा कारोबार रकममा केही वृद्धि भएको छ। बुधबार चार अर्ब ८१ करोड रूपैयाँको कारोबार भएकोमा आज चार अर्ब ८४ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन करोड रूपैयाँ वृद्धि भएको हो।

Shikhar
NIMB

आज ३२२ वटा धितोपत्रको एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता सेयर किनबेच भएको छ। आज ३८ कम्पनीको सेयर मूल्य बढेको छ भने २०२ वटाको घटेको छ। यस्तै, चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज विन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.८५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ९०० रूपैयाँ कायम भएको छ। यसैगरी, बोटलर्स नेपाल बालाजुको मूल्य ५.०६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य १६ हजार रूपैयाँ ९३१ पैसा पुगेको छ।

ग्रीन भेन्चरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५३१ रूपैयाँमा झरेको छ। दोर्दी खोला जलविद्युतको मूल्य ७.६९ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३९६ रूपैयाँ कायम भएको छ।

आज अपी पावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य २८४ रूपैयाँ १० पैसामा ४७ करोड ९९ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ७.४६ प्रतिशत घटेको हो।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया