NIMB Header 2
Prabhu Mahalaxmi

विपद पिडितलाई महासंघद्धारा राहत घोषणा, सदश्यहरुलाई सहयोग जुटाउन आह्वान

United Ajod
  • BFIS News
  • 2024 Sep 30 16:52
विपद पिडितलाई महासंघद्धारा राहत घोषणा, सदश्यहरुलाई सहयोग जुटाउन आह्वान
IME LIFE

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले यही २०८१ असोज १० गतेदेखिको अविरल बर्षाका कारण मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । महासंघले विपदमा ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । साथै घाइतेहरुको सिघ्र स्वास्थ लाभको कामना गरेको छ ।

Nepal Life
NIMB

विपदको यस घडिमा जिल्ला उद्योग वाणिज्य संघ मार्फत अति प्रभावित जिल्लालाई एक/एक लाख रुपैयाका दरले राहत रकम प्रदान गर्ने महासंघले निर्णय गरेको छ । महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु मार्फत उक्त रकम राहतका लागि उपयोग गरिनेछ । 

यसका साथै विपदको यस समय आ आफ्नो तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन महासंघ कार्यकारिणी समिति सदस्य लगायत सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट एवं द्धिराष्ट्रिय संघहरु एवं सम्पूर्ण उद्यमी व्यवसायीहरुलाई पनि आग्रह समेत गरेको छ । 

यसैगरि बाढि पहिरोका कारण यातायात अवरुद्ध भएको यस घडिमा अत्यावश्यकीय सामान लगायतको आपूर्तिका लागि यथासम्भव सक्रिय रहन महासंघ आफ्ना सम्पूर्ण सदस्यहरुलाई आव्हान गरेको छ । 

उद्धारका क्रममा आवश्यक उपकरणको सरकारबाट समेत माग भएको सन्दर्भमा उक्त सामाग्री यथासम्भव उद्धारकार्यमा संलग्न सरकारका निकायलाई उपलब्ध गराइ दिन पनि महासंघले आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले मुलुक विपतमा परेका बखत सधै अग्रभागमा रहेर सहयोग प्रदान गर्दै आएको छ ।  

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया