Nepal Life

नेप्सेमा उच्च अंकको उछाल, दुई दिनमा करिब १६० अंकले बढ्यो

NMB Bank
  • BFIS News
  • 2024 Oct 01 15:43
नेप्सेमा उच्च अंकको उछाल, दुई दिनमा करिब १६० अंकले बढ्यो
National Life

काठमाडौं। नेप्से परिसूचकमा उच्च अंकको वृद्धि आएको छ। आज नेप्से ११४.७० अंकले बढेको हो। सोमबार र आज (मंगलबार) गरी दुई दिनमा नेप्से परिसूचक करिब १६० अंकले बढेको छ।

सोमबार नेप्से ४४.४५ अंकले बढेको थियो। मंगलबार नेप्सेले २६ सयको विन्दु पार गरेको छ। आज नेप्से २६२३.५६ विन्दुमा बन्द भएको छ।

Shikhar
NIMB

आज अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ। सोमबार ३ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६१ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३ अर्ब ९० करोड रूपैयाँ वृद्धि भएको हो।

आज ३०७ वटा धितोपत्रको एक करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयर किनबेच भएको हो। मंगलबार २४३ कम्पनीको सेयर मूल्य बढेको छ भने एकको घटेको छ। यस्तै, एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३३५ रूपैयाँमा २८ करोड ८२ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.८३ प्रतिशत बढेको हो।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ९.७४ प्रतिशतले बढेको छ। यस्तै दोस्रोमा लगानी समूहको परिसूचक ६.१० प्रतिशतले बढेको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया