NIMB Header 2
Nepal Life

नेप्सेमा गुराँस लघुवित्त र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन

National Life
  • BFIS News
  • 2024 Oct 02 09:27
नेप्सेमा गुराँस लघुवित्त र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन
Sanima Reliance

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ। नेप्सेमा गुराँस लघुवित्त वित्तीय संस्था र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको हो।

नेप्सेले गुराँस लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर समायोजन गरेको हो।

समायोजनपश्चात गुराँस लघुवित्तको सेयरमूल्य १ हजार ५९१ रुपैयाँ ९५ पैसा कायम भएको छ भने प्रभु महालक्ष्मीको ५५० रुपैयाँ कायम भएको छ।

Shikhar
NIMB

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा गुराँस लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ८१८ रुपैयाँ ८० पैसा र प्रभु महालक्ष्मीको शेयर प्रतिकित्ता ६०५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आजदेखि दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया