NIMB Header 2
Nepal Life

प्रधानमन्त्री राहत कोषमा सिटिजन्स बैंकद्वारा २५ लाख सहयोग, संकटमा पहिलो राहत

National Life
  • BFIS News
  • 2024 Oct 03 05:18
प्रधानमन्त्री राहत कोषमा सिटिजन्स बैंकद्वारा २५ लाख सहयोग, संकटमा पहिलो राहत
Sanima Reliance

काठमाडौं। सिटिजन्स बैंक लिमिटेडले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ। विगत दुई दिनदेखि परेको अत्यधिक वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोले जनजीवन तहसनहस भएको अवस्थामा, बैंकले राहत कोषमा उक्त रकम सहयोग गरेको हो।

Shikhar
NIMB

बाढीले मुलुकभर ठुलो क्षति पुर्याएको छ भने धेरै स्थानमा जनधनको क्षति समेत भएको छ। विशेषगरी, काठमाडौं उपत्यकामा निरन्तर परेको पानीले जनजीवन अस्तव्यस्त बनाइरहेको छ। राजधानीसँगै अन्य थुप्रै जिल्लामा पनि बाढीले धेरै संरचनामा क्षति पुर्याएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भने,सिटिजन्स बैंक आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाढीपीडितहरूको सहयोगमा जुटिरहेको छ। हामी हाम्रो सीमित स्रोतसाधनबाट सकेको सहयोग गरिरहेका छौं र यो रकम प्रधानमन्त्री राहत कोषमार्फत आवश्यक ठाँउमा पुर्याइनेछ।

बैंकले देशभर रहेका आफ्ना शाखाहरूबाट बाढी प्रभावित क्षेत्रमा विभिन्न राहतकार्यमा सहयोग गरिरहेको जानकारी दिएको छ। साथै, बैंकले अन्य संघसंस्थालाई पनि विपद्मा पीडितहरूको सहयोगका लागि अघि बढ्न प्रेरित गरेको छ। 

नेपालमा यसपटकको बाढीले धेरै मानिसको ज्यान लिएको छ भने ठूलो भौतिक सम्पत्तिको क्षति समेत भएको छ। यस्तो अवस्थामा, सिटिजन्स बैंकको यो योगदानलाई महत्वपूर्ण सहयोगको रूपमा हेरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार