NIMB Header 2
Nepal Life

२१ कम्पनीले १६ अर्ब ४० करोडको हकप्रद निष्काशनको अनुमति कुर्दै : कसको कति ? धितोपत्र बोर्डले थाल्यो प्रकृयाँ

National Life
  • BFIS News
  • 2024 Oct 03 07:35
२१ कम्पनीले १६ अर्ब ४० करोडको हकप्रद निष्काशनको अनुमति कुर्दै : कसको कति ? धितोपत्र बोर्डले थाल्यो प्रकृयाँ
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हकप्रद शेयर निष्काशनको अनुमति दिने प्रकृयाँ अगाडी बढाएको छ । बोर्डले एलआइसी नेपाल र नेको इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर जारी गर्ने अनुमति प्रदान गरिसकेको छ । दुई कम्पनीले निवेदन दिएको एक वर्षमा अनुमति पाएका हुन् ।

Shikhar
NIMB

अझै बोर्डमा २१ वटा कम्पनी पाइपलाइनमा छन् । २१ कम्पनीले शेयरधनी सँग १६ अर्ब ४० करोड थप पूँजी आह्वान गर्ने अनुमति मागेका हुन् । जसमा अधिकाम्स कम्पनी हाइड्रोपावर छन् भने अरु बीमा कम्पनी छन् ।

नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाउनका लागि बीमा कम्पनीहरुले लामो समयदेखि हकप्रद शेयरको लागि प्रकृयाँ अगाडी बढाएका थिए । बोर्डकै कारण कम्पनीहरुले बीमा प्राधिकरणले तय गरेको अवधिमा पूँजी जुटाउन नसकेका हुन् ।

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष रमेश हमालको अवकास सँगै सरकारले अहिलेसम्म पनि अध्यक्ष नियुक्त गरेक सकेको छैन । बोर्डको अध्यक्ष कार्यकारी हुने भएकाले कार्यकारी प्रमुख व्यक्ति नै नहुँदा बोर्डले दिने अनुमति प्रकृयाँ गएको फागुनदेखि ठप्प छ ।

विद्युत नियमन आयोगले जलविद्युत कम्पनीहरुलाई दिर्घकालिन कर्जा तथा नयाँ आयोजनामा लगानी गर्ने उद्देश्यले हकप्रद शेयर जारी गर्ने अनुमति दिदै आए पनि बोर्डको कारणले उनिहरुले हकप्रद शेयर जारी गर्न पाएका छैनन् । तेह्रथुप पावर कम्पनीले सत प्रतिशतका दरले ४० करोडको हकप्रद शेयर जारी गर्ने अनुमति माग गर्दै आइरहेको छ । त्यस्तै बलेफीले १०० प्रतिशत, पिपुल पावरले ५० प्रतिशत, दोर्दी खोलाले १०० प्रतिशत, राप्ति हाइड्रोपावरले १०० प्रतिशत, रिभर फल्सले १०० प्रतिशत, शिवश्रीले १०० प्रतिशत, जोशी हाइड्रोपावरले ६५ प्रतिशत, खानीखोला हाइड्रवपावरले १०० प्रतिशत, छ्याङ्दी हाइड्रोपावरले १०० प्रतिशत, ङादी ग्रुपले १०० प्रतिशत, लिवर्टी इनर्जीले ५० प्रतिशत, बरुण हाइड्रोपावरले १०० प्रतिशत र बलेफीले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति माग गरेको छ ।

बीमा कम्पनीहरुमा भने नेकोले २५ प्रतिशत, युनाइटेड अजोडले १५ प्रतिशत, नेपाल इन्स्योरेन्सले ४० प्रतिशत, सन नेपाल लाइफले २७ प्रतिशत, एशियन लाइफले ४२ प्रतिशत, प्रभु इन्स्योरेन्सले ५०.१५ प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति माग गरेको छ । प्रभु महालक्ष्मी लाइफले बोर्डमा १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति माग गरे पनि कम्पनीले ७ प्रतिशत मात्रै हकप्रद शेयर जारी गर्ने प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेश गर्दै छ ।

नोटः प्रभु महालक्ष्मी लाइफले १७ प्रतिशत हकप्रदलाई संसोधन गर्दै ७ प्रतिशतमा झार्दैछ

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया