NIMB Header 2
Nepal Life

फेरि किन रोकियो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया?

National Life
  • BFIS News
  • 2024 Oct 04 12:28
फेरि किन रोकियो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया?
Sanima Reliance

काठमाडौं। धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया फेरि रोकिएको छ। यसअघि अन्तर्वार्ता र प्रस्तुतीकरणमा अनुपस्थित भएका तीनजनालाई सूचना प्रकाशन गर्दै अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि बोलाइए पनि पुन: प्रक्रिया रोकिएको छ।      

अध्यक्ष सिफारिस समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिवराज अधिकारी उपस्थित नभएपछि प्रक्रिया रोकिएको हो। अधिकारी बिरामी भएर अस्पताल भर्ना भएका बताइएको छ।

Shikhar
NIMB

धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंलाई अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि आज बिहान ८ बजे बोलाइएको थियो।

अधिकारी बिरामी भई अस्पताल भर्ना भएपछि छनौट समितिका अन्य सदस्यहरु समेत आज उपस्थित भएनन्। अर्थ मन्त्रालय पुगेका तीनै जना उम्मेद्वार केहीबेर त्यहा बसेर फर्किए। 

यसअघि दुई पटकसम्म उनीहरूलाई अन्तर्वार्ता र प्रस्तुतीकरणको लागि बोलाए पनि उनीहरूले बहिष्कार गरेका थिए। अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि अन्तिम पाँचजना छनोट भएकोमा सन्तोषनारायण श्रेष्ठ, धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ मात्रै उपस्थित भएका थिए।

पाँच जनामध्ये दुई मात्रै उपस्थित भएपछि प्रक्रिया अगाडि बढ्न सकेको थिएन। महान्यायाधिवक्ताको कार्यालयले बोर्डको अध्यक्षमा अन्तर्वार्तामा सहभागी भएका दुईजनालाई मात्रै सिफारिस गर्न नमिल्ने व्याख्या गरेपछि सिफारिस प्रक्रिया रोकिएको थियो।

धितोपत्र ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि सरकारलाई कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया