NIMB Header 2
Nepal Life

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा युवराज खतिवडाको प्रत्यक्ष हस्तक्षेप, अर्थमन्त्री पौडेल परे अप्ठ्यारोमा

National Life
  • BFIS News
  • 2024 Oct 04 14:57
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा युवराज खतिवडाको प्रत्यक्ष हस्तक्षेप, अर्थमन्त्री पौडेल परे अप्ठ्यारोमा
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाको प्रत्यक्ष हस्तक्षेप देखिएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई कत्ती पनि नरुचाउने खतिवडाले अध्यक्ष सिफारिस समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीलाई एकाएक विरामी बन्न बाध्य पारिदिएका छन् ।

Shikhar
NIMB

अर्थमन्त्री पौडेलले सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष बनाउन खोजेका थिए । तर खतिवडाले पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी खेमाका पौडेललाई असफल बनाउन अन्तर्वार्ता नै रोकिदिएका हुन् । अहिले नेकपा एमाले भित्र प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी खेमा विचमा ठुलो अन्तरद्वन्द छ । अहिलेको सत्ता समिकरण निर्माणमा ठुलो भुमिका खेलेका खतिवडाले सरकारको माइक्रोम्यानेजमेन्ट गर्दै आइरहेका छन् ।

यस अगाडी पनि सत्ता साझेदार नेकपा एमाले र नेकपा माओवादी विचमा धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकरणमा ठुलो अन्तरद्वन्द देखिएको थियो । कतिपयले यस अगाडीको सरकार ढल्नुमा धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकरण पनि एउटा प्रमुख कारण रहेको विश्लेषण गरेका छन् । यस अगाडीको सरकारका अर्थमन्त्री वर्षमान पुनले अध्यक्षमा नेपाल बीमा प्राधिकरणका पुर्व अध्यक्ष चिरञ्जीवी चापागाईलाई बनाउन खोजेका थिए । तर सत्ता साझेदार नेकपा एमालेले आफ्नो उम्मेद्धारलाई नै नियुक्त गर्नु पर्ने अडान लिए पछि चापागाई अन्तर्वार्तामै अनुपस्थित भइदिए । जसले गर्दा छनोट समितिले नियम अनुसार अध्यक्ष नियुक्त गर्न सकेको थिएन ।

यस सम्बन्धमा बोर्डको अध्यक्ष छनोट समितिले महान्यायाधिवक्ताको कार्यालयसँग कानुनी अड्चनको विषयमा राय मागेको थियो । महान्यायाधिवक्ताको कार्यालयले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा अन्तर्वार्तामा सहभागी भएका दुई जनालाई मात्रै सिफारिस गर्न नमिल्ने व्याख्या गरेको थियो ।

कार्यालयले या त पहिलो चरणमा छानिएका पाँचमध्ये तीन जनाको नाम सरकारलाई सिफारिस गर्नुपर्ने नभए पुनः नयाँ प्रक्रिया सुरू गर्नुपर्ने सल्लाह दिएको थियो।

यसबीच छनोट समितिले पाँच जनाको नाम सिफारिस गर्ने तयारी गरेको थियो। तर, समितिमा रहेका अर्थसचिव मधु मरासिनीले यस्तो सिफारिस गर्न नमिल्ने अडान लिएपछि प्रक्रिया अगाडि बढ्न सकेको थिएन।

छनोट समितिले पहिलो चरणमा १९ जनाबाट सन्तोषनारायण श्रेष्ठ, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ, नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईंलाई छानेको थियो।

यी पाँचमध्ये पहिलो पटक बोलाएको अन्तर्वार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै उपस्थित भएका थिए।

धितोपत्र बोर्डका अध्यक्षको लागि बोलाइएको पहिलो पटकको अन्तर्वार्तामा जम्मा दुई जना उम्मेदवार मात्रै पुगेपछि बाँकी तीन जनालाई बोलाइएको थियो। बाँकी तीन दुवै पटक अनुपस्थित रहेका थिए।

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष मीनबहादुर श्रेष्ठको नेतृत्वमा बनेको छनोट समितिले १९ जना मध्येबाट पहिलो चरणमा पाँच जनाको नाम छनोट गरेको थियो। धितोपत्र ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि सरकारलाई कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ।

यहि टसलले फेरि पनि सरकार ढल्ने पो हो कि भन्ने शंका समेत व्यक्त गरेका छन् । राजनीतिक तरवबाट हुने यस्ता नियुक्तिका विवाद सतहमा आउनुले पनि राम्रो संकेत गर्दैन । नेपालको शेयर बजारले जहिल्यै पनि अर्थमन्त्री पौडेललाई फेवर गर्ने गरेको छ । यस अगाडीका दुबै बुलको श्रेय पाएका पौडेललाई खतिवडाले सुरुमै रुचाएका थिएनन् ।

तर विद्यादेवी भण्डारीको अडान पछि प्रधानमन्त्री ओली उनलाई अर्थमन्त्री बनाउन बाध्य भएका थिए । पौडेल अप्ठ्यारोमा परेको विषय बाहिरिए सँगै शेयर बजार दुई महिनादेखि लगातार गिरावट भइरहेको छ । जवकी पौडेल अर्थमन्त्री हुने चर्चा सँगै बढ्ने थालेको नेप्से उनि अर्थमन्त्री भए पश्चात एक हजार अंकले सुधार भयो ।

धितोपत्र बोर्ड जस्तो संवेदनशिल क्षेत्रमा राजनीतिक दाउपेचको मैदान बनाइदा लाखौ लगानीकर्ता माथि अन्याय भएको छ । गएको माघ फागुनदेखि आइपिओ निष्काशन प्रकृयाँ ठप्प छ । पूँजी जुटाउन बसेका कयौ कम्पनीहरुले आइपिओ तथा हकप्रद शेयर जारी गर्न पाएका छैनन् । यस्तो हर्कले शेयर बजार थप अन्योल बन्ने निश्चित छ । सरकार संवेदनशिल नबन्ने हो भने आगामी दिनमा लगानीकर्ताहरु नै सडकमा उत्रिन बाध्य हुने लगानीकर्ताहरु बताउछन् ।  

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया