NIMB Header 2
Nepal Life

एयरहोस्टेसको उमेर हद ५० वर्ष पुर्‍याउने सहमति, मन्त्रीले दिए निर्देशन

Prabhu Mahalaxmi
  • BFIS News
  • 2024 Oct 06 08:34
एयरहोस्टेसको उमेर हद ५० वर्ष पुर्‍याउने सहमति, मन्त्रीले दिए निर्देशन
United Ajod

काठमाडौं। सरकारले विमान परिचारक/परिचारिका (एयरहोस्टेस) को ४५ वर्षे उमेर हदलाई ५० वर्ष पुर्‍याउने भएको छ। शनिबार ४५ वर्षे उमेर हद हटाउन माग गर्दै आन्दोलन गरेका क्याबिन क्रु सदस्यहरुसँग छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निगमलाई ४५ वर्षको उमेर हदलाई ५० बनाएर अघि बढ्न निर्देशन दिएका हुन्।

Nepal Life
NIMB

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पाण्डेले क्याबिन क्रु मेम्बरहरुले आफूहरुमाथि भेदभाव भएको, आफूहरुलाई विभिन्न सेवा, सुविधाबाट वञ्चित गरिएको, आफूहरुको सुनुवाई नभएको विषय राखेकोमा सरकारले गम्भीरतापूर्वक लिएर समस्या समाधान गरेको बताए।

'५ वर्ष अनुभवी एयरहोस्टेसले सेवा दिँदा देशलाई, निगमलाई राम्रै गर्छ भन्ने निष्कर्ष छ। ४५ को उमेरहदलाई ५० मा पुर्‍याउने निस्कर्षमा पुगेका छौं। त्यो गर्नुस् भनेर निगमको व्यवस्थापनलाई भनेका छौं', उनल‍े भने।

उनले अदालतमा रहेको मुद्दाका बारेमा महान्यायाधिवक्ता कार्यालयसँग राय लिएर अघि बढ्ने निष्कर्ष बैठकले निकालेको बताए।

निगमले ४५ वर्ष उमेर पुगेका क्याविन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू आन्दोलनमा थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया