NIMB Header 2
Nepal Life

नरेन्द्र कुमार संग्रौलाको कविता "आशीर्वाद माग्नु छ"

National Life
  • नरेन्द्र कुमार संग्रौला
  • 2024 Oct 19 17:10
नरेन्द्र कुमार संग्रौलाको कविता "आशीर्वाद माग्नु छ"
Sanima Reliance

झरी बादलको पर्वाह नगरी

चट्याङसँग जुधेर

कहिले तराइको आगोमा

कहिले हिमालको तुषारोमा

अक्करमा खप्पर ठोकाउँदै हिडने

Shikhar
NIMB

मानौ, कर्मी मौरी म,

प्रत्येक वनपाखा डुलेर खाने अरु नै भए पनि धारामा

मीठो मह जम्मा गरिरहेछु,

वर्षौदेखिको पसिनाले

चैतको खडेरीमा मूल फुटाएर

शरदमा बिउ रोप्दै

गोडमेल गरेर शिशिरमा असारको भेलमा बीमा-बाली भित्र्याइरहेको छु ।

कुनाकन्दरामा प्रत्येक बस्तिहरुमा मेरा पाइलाका डाम छरिएका छन्,

थाक्दैनन् मेरा परिश्रमी पैलाना कतै

सबैलाई पढाउनुछ अभ्यस्त बनेर

जीवन- मृत्युका पाठहरु

जमाउने र कमाउनेका सर्वव्यापी सिद्धान्तहरु दिनैपच्छे गीत गाएको छु ।

खोजि खोजि अर्काको जीवनमा भार

आफ्नै पिड्युँमा बोक्नुपर्दा

लाग्छ, ठुलै धर्म गरिरहेको छु,

थोपा थोपा बटुलेर शितका

घैला भरिदिएको छु

आनासुकी भेला गरेर अरुको

ठूलै थैला परिदिएको छु

गैडा गेडा रोपेर सबैको

कम्पनीको मलिलो बारीमा

मुरी मुरी फलाइदिएको छु

ठूलै भकारी भरिदिएको छु ।

युधिष्ठिरको विनास गर्न

पाशा पल्टाउने शकुनिका हातमा

छरिदिनुछ सुगन्ध पटकैपिच्छे

चित पार्नुछ पाशाको पराकाष्ठा सँधै

कामधेनुलाई लोहाको डण्ठी उझाएर

घाँस पराल कटौती गर्ने मालिकलाई

दुध दिइरहनुछ सँधै सँधै

फेदमा ढाल्न खोज्नेलाई

जङगल बीचको श्रीखण्ड बनेर

मिठो सुवास छरिदिनुछ

काटे पनि पलाउनु छ, फेरि

फल्नलाई डोलाउनु छ

टोलाएर भाको छैन यहाँ

सबैको मन, मुटु र आँखामा बस्ने

एउटा अमूल्य गहना बन्नु छ

सबैलाई शीतल दिने

मानौ,  एउटा सुनको चौतारी बन्नु छ

लाखौंको अगाडी शीर ठाडो पारेर

गर्वले छाती फुलाउँदै

अभिकरत् मात्र होइन अव

अधिकर्ता बन्नु छ

धेरैको जिम्मेवारी बोकेको

लामो गन्तव्यको यात्री म

पुग्नै पर्ने छ शिखरमा

धेरै छन् विध्न बाधाहरु

तर चुनौती सँग अवसर साट्नु छ

समस्या सँग सम्भावना डाक्नु छ

आकाशलाई अलि तल झार्नु छ

धर्तीलाई अलि माथि उचाल्नु छ

तल्लो क्षितिजदेखि पल्लो क्षितिजसम्म

बिजुली झै बेलगाम उड्नुछ

अदम्य सहास र अजेयर शक्तिका लागि

यसपालीको दशैमा

बुबासँग भूगोलभरीको आशिर्वाद माग्नु छ ।

(संग्रौला नेपाल लाइफका सिनियर एजेन्सी म्यानेजर हुन् । उनि हाल फिदिम शाखा पाँचधरबाट जीवन बीमामा सक्रिय छन् )

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार