NIMB Header 2
Nepal Life

मन्दाकिनी हाइड्रोपावरले १२५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, ५ प्रतिशत बोनस शेयर सहित डाक्यो साधारणसभा

National Life
  • BFIS News
  • 2024 Oct 21 10:23
मन्दाकिनी हाइड्रोपावरले १२५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, ५ प्रतिशत बोनस शेयर सहित डाक्यो साधारणसभा
Sanima Reliance

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयर सहित १२५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ । कम्पनीले आगामी मंसिर ७ गते, शुक्रबार, नेपाली चुलो लाजिम्पाट, काठमाडौँमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ।

Shikhar
NIMB

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले बोनस शेयर वितरण पश्चात १ बराबर १.२५ अनुपात हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। कम्पनीले माथिल्लो सार्दी खोला जलविद्युत आयोजना २.९ मेगावाट परियोजना निर्माण गर्न, डल्फिन पावर प्रा.लि.मा लगानी गर्न तथा बैंक ऋण भुक्तानी गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीको सभाले डल्फिन पावर प्रा. लि. मा गरिएको लगानी अनुमोदन गर्ने तथा थप लगानी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया