NIMB Header 2
Prabhu Mahalaxmi

बजाजले ल्यायो मोटरसाईकल साटा–साटको आकर्षक योजनाः पुरानो मोटरसाईकल आजै बनाउँ नयाँ

United Ajod
  • BFIS News
  • 2024 Oct 24 18:35
बजाजले ल्यायो मोटरसाईकल साटा–साटको आकर्षक योजनाः पुरानो मोटरसाईकल आजै बनाउँ नयाँ
IME LIFE

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाईकल साटा–साटको आकर्षक योजना शुरू गरेको छ । यस योजना अन्तर्गत जुन सुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाईकल साटा–साट गर्न सकिन्छ ।

Nepal Life
NIMB

हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि का निर्देशक अभिमन्यु गोल्छाले भने “बजाज बाईकको लोकप्रियता र हाम्रा ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै हामीले यो सुनौलो योजना शुरु गरेका हौं । साथै हाम्रा ग्राहकहरूका लागि यस्ता नयाँ नयाँ योजनाहरु अझ अरू पनि ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्दछौ ।”

भण्डै ८० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रम अन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस कार्यक्रम अन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । यो योजना यही कार्तिक ८ गतेदेखि शुरू भएको छ । 

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया