NIMB Header 2
Nepal Life

समता घरेलु लघुवित्तकाे एफपीओ निष्काशन, भाग्यमानी ४ जना भित्र पर्न २० कित्ता आवेदन दिनु पर्ने

National Life
  • BFIS News
  • 2024 Oct 28 07:28
समता घरेलु लघुवित्तकाे एफपीओ निष्काशन, भाग्यमानी ४ जना भित्र पर्न २० कित्ता आवेदन दिनु पर्ने
Sanima Reliance

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि एफिओ निष्काशन गर्ने भएको छ । संस्थाले सर्वसाधारणका लागि प्रति कित्ता एक सय रुपैयाँकै दरमा तीन लाख ५० हजार ९०४ कित्ता शेयर बिक्री गर्न थालेको हो । 

Shikhar
NIMB

लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी गर्न लागेको हो।

लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। सो शेयरका लागि लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि कात्तिक २६ गतेसम्म लम्बिनेछ।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको एफपिओ ३५ हजार ९० जनाले १० कित्ताको दरले प्राप्त गर्नेछन् । यसबाट पनि ४ कित्ता बाँकी रहने भएकाले ३५ हजार ९० जना मध्ये भाग्यमानी ४ जनाले थप एक कित्ता शेयर पाउने छन् । 

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ५६ करोड ४० लाख ६ हजार ३०४ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ५९ करोड ९० लाख ९६ हजार ७२८ रुपैयाँ २५ पैसा पुग्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया