Nepal Life

गरिमा विकास बैंकले साफ च्याम्पियनसिपको फाईनल खेलमा नेपाली महिला टिमलाई प्रति गोल १ लाख पुरस्कार प्रदान गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Oct Wed 16:12
गरिमा विकास बैंकले साफ च्याम्पियनसिपको फाईनल खेलमा नेपाली महिला टिमलाई प्रति गोल १ लाख पुरस्कार प्रदान गर्ने
Sanima Reliance

काठमाडौं । गरिमा विकास बैंकले नेपाल र बंगलादेशबीच हुन गईरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल रु. १ लाखको दरले पुरस्कार प्रदान गर्ने भएको छ ।

NIMB

बंगलादेश विरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल रु. १ लाख प्रदान गर्नेछ । नेपालमा फुटवल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य सहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा ए.टि.एम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय सहभागिता जनाउनुका साथै स्वास्थ्य, शिक्षा, धार्मिक, सांस्कृतिक, वातावरणीय संरक्षण तथा खेलकुदको विकास तथा प्रवद्र्धनमा सहयोग गर्दै आईरहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया