Nepal Life

अलिपे प्लसका मोबाइल पेमेन्ट पार्टनरका प्रयोगकर्ताहरुले अब नेपाल भ्रमण गर्दा नेपालपे क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने 

Global Ime detail Page
  • BFIS News
  • 2024 Nov Fri 10:39
अलिपे प्लसका मोबाइल पेमेन्ट पार्टनरका प्रयोगकर्ताहरुले अब नेपाल भ्रमण गर्दा नेपालपे क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने 
Shikhar detail

काठमाडौं । नेपालमा डिजिटल पेमेन्ट सिस्टम प्रवद्र्घनमा मुख्य भूमिका निर्वाह गर्दै आएको नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र डिजिटल पेमेन्ट तथा वित्तीय टेक्नोलोजी लिडर एण्ट इन्टरनेशनलले नेपालपे क्यूआर र Alipay+ बीच क्रस–बोर्डर भुक्तानीको शुरुवात भएको संयूक्त रुपमा घोषणा गरेका छन् ।

NIMB

सिंगापुर फिनटेक फेस्टिभल २०२४ को ग्लोबल प्ल्याटफर्ममा दक्षिणपूर्वी एसिया, अष्ट्रेलियातथा न्युजिल्याण्डका एण्ट इन्टरनेशनलका महाप्रबन्धक श्री एडवर्ड यू र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान, एनसीएचएलका अध्यक्ष विश्रुत थापा तथा एण्ट इन्टरनेशनलका अध्यक्ष श्री डगलस फेगिनका साथै दुवै संस्थाका अन्य प्रतिनिधिहरु, अन्य विशिष्ट व्यक्तिहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा सो घोषणा गरिएको हो ।  

उक्त घोषण पश्चात् चिनियाँ मेनल्याण्ड लगायत हङकङ एसएआर चीन, मकाउ एसएआर चीन, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया र इटाली लगायत १० देश तथा क्षेत्रका यात्रुहरूले आफ्नो डोमेस्टिक इ वालेट तथा मोबाईल बैंकिङ्ग एप मार्फत नेपालका अन्तरआबद्ध नेपालपे क्यूआरको नेटवर्क सहित ८७५,००० भन्दा बढी मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् ।

Alipay+ का निम्न साझेदारहरूः Alipay (चिनियाँ मेनल्याण्ड), Alipay HK (हङकङ एसएआर), Tinaba (इटाली), MPay (मकाओ एसएआर), Touch ‘n Go eWallet र पब्लिक बैंक बर्हाडको MyPB (मलेशिया), Hipay (मंगोलिया), GCash (फिलिपिन्स), Changi Pay र OCBC Digital (सिंगापुर), Naver Pay र Toss Pay (दक्षिण कोरिया), र TrueMoney (थाइल्याण्ड) बाट नेपालपे क्यूआर मार्फत सिमलेस क्रस बोर्डर भुक्तानीगर्न सक्नेछन् । 

एण्ट इन्टरनेशन (Alipay+) र एनसीएचएलबीच मे २०२४ मा प्रारम्भिक सामझदारीपत्रमा हस्ताक्षर भई नेपाल राष्ट्र बैंकको आवश्यक स्वीकृति पश्चात् क्रस–बोर्डर QR भुक्तानी सेवा शुरुवात गरिएको हो ।  नेपालपे र अन्तरआवद्ध क्यूआरले क्रस बोर्डर भुक्तानीकालागिर नेपालको रिटेल पेमेन्ट सिस्टमलाई विश्वव्यापीरुपमाचिनाउनयस साझेदारीले ठूलो अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । यस व्यवस्थाले नेपाललाई आफ्नो रोजाइको गन्तव्य बनाएका विभिन्न देशका पर्यटकहरुले नेपालको मर्चेन्टहरुलाई सहजै क्रस–बोर्डर डिजिटल भुक्तानी गर्न सक्ने भएको छ ।नेपालपे क्यूआर लगाइएका  स्ट्यान्डराइज्ड क्यूआर पेमेन्टहरुले नेपालको पर्यटन क्षेत्र विकासको लागि महत्वपूर्ण भूमिका खेल्नेर आगामी वर्षमा पर्यटन क्षेत्र अझफस्टाउने अपेक्षा सहित नेपाल र विश्वभरका साझेदारहरू र मर्चेन्टहरुलाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।

एनसीएचएलको बारेमा 

नेपालक्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरुले विभिन्न राष्ट्रिय भुक्तानी सिस्टम कार्यान्वयन र सञ्चालन गर्ने उद्देश्य सहित स्थापनाभएकोकम्पनीहो । हालएनसीएचएलले इलेक्ट्रोनिक चेक क्लियरिङ्ग, आईपीएस, रिटेल पेमेन्ट स्वीच, कनेक्ट आरटीजीएस, नेशनल पेमेन्ट इन्टरफेस (ओपन एपीआई प्ल्याटफर्म), कनेक्टआईपीएस (फास्टर पेमेन्ट सिस्टम तथा गेटवे) र कर्पोरेटपे (बी टु बी पेमेन्ट च्यानल) लगायतकाविभिन्न डिजिटल पेमेन्ट पूर्वाधार स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ ।  

NEPALPAY QR को बारेमा 

NEPALPAY QR नेशनल पेमेन्ट स्वीचअन्तर्गत त्तच् भुक्तानीलाई इसुइङ्ग, मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायकहरुले NEPALPAY QR मा ८ लाख ७५ भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् । ग्राहकहरुले ४० वटा मोबाइल बैंकिङ्ग एप, ११ वटा वालेट एप तथा कनेक्टआइपीएसबाट ल्भ्एब्ीएब्थ् त्तच् मा सहजै भुक्तानी गर्न सक्छन् ।  

एण्ट इन्टरनेशनलको बारेमा 

सिंगापुरमा मुख्यालय रहेको एण्ट इन्टरनेशनलले ग्लोबल कर्मसमा विशेष जोड दिँदै सबै प्रयोगकर्ता र व्यवसायहरुकालागि डिजिटल सेवा प्रदान गर्न कार्य गर्दै आएको छ । विभिन्न पार्टनरहरु सँगको सहकार्यमा एण्ट इन्टरनेशनलले डिजिटल भुक्तानी र वित्तीय सेवाहरूको विश्वव्यापी रुपमा मर्चेन्टहरुलाई सहयोग गर्दै आइरहेको छ ।  

Alipay+ को बारेमा 

Alipay+ बोर्डर मोबाइल भुक्तानी र डिजिटलाइजेशन टेक्नोलोजीको एक सञ्जाल हो जसले विश्वव्यापी मर्चेन्टहरुलाई उपभोक्ताहरूसँग जोड्न मद्दत गर्दै आइरहेको छ । उपभोक्ताहरूले विदेश यात्रा गर्दा आफ्नो डोमेस्टिक भुक्तानीमाध्यमहरू प्रयोग गरि सहज भुक्तानी गर्न सक्छन् । साना तथा मध्यम व्यवसायहरूलाई प्राथमिकतामा राखी त्यस्ता व्यवसायको दक्षता वृद्धि गर्न Alipay को डिजिटल उपकरणहरूले उल्लेख्य भूमिका खेल्दै आएको छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार