NIMB Header 2
Prabhu Mahalaxmi

नागरिक लगानी कोषको मुनाफा १३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १९.८७ रुपैयाँ, जगेडामा १८ अर्ब ३४ करोड

United Ajod
  • BFIS News
  • 2024 Nov 13 07:06
नागरिक लगानी कोषको मुनाफा १३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १९.८७ रुपैयाँ, जगेडामा १८ अर्ब ३४ करोड
IME LIFE

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १३ प्रतिशतले बृद्धि भएको छ । कोषले पहिलो त्रैमाशिक अवधिमा ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कोषले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

Nepal Life
NIMB

आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढेको हो। समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ३.७९ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी १८.८६ प्रतिशत बढेको छ भने कुल आम्दानी १२.६० प्रतिशत बढेको छ। कम्पनीको खर्च भने समीक्षा अवधिमा ९.१९ प्रतिशत बढेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ पैसा घटेर १९ रुपैयाँ ८७ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको प्रतिशेयर आम्दानी घट्न पुगेको हो। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११३.९९ गुणा रहेको छ।

चुक्ता पूँजी ६ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । 

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया