NIMB Header 2
Nepal Life

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्ताेषनारायण श्रेष्ठ नियुक्त, ११ महिना पछि बोर्डले पायो नेतृत्व

National Life
  • BFIS News
  • 2024 Nov 25 19:22
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्ताेषनारायण श्रेष्ठ नियुक्त, ११ महिना पछि बोर्डले पायो नेतृत्व
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । आज सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो। आइतबार बोर्डको अध्यक्ष सिफारिस गर्न गठित सिफारिस समितिले बोर्ड अध्यक्ष नियुक्तिको लागि मन्त्रिपरिषदमा ३ जनाको नाम सिफारिस गरेको थियो। 

Shikhar
NIMB

सिफारिस समितिले अध्यक्ष नियुक्तिको लागि डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठको नाम सिफारिस गरेको थियो।  ति मध्येबाट मन्त्रिपरिषद बैठकले सन्तोष नारायण श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो।

गत फागुनमा बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान गर्दा १९ जनाले आवेदन गरेका थिए । जसमध्ये  ५ जनालाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीका लागि छनोट गरिएको थियो । सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा.नवराज अधिकारीको नाम सिफारिस गरेको थियो । 

धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका सन्तोषनारायण श्रेष्ठ व्यावसायिक पृष्ठभूमिका हुन् ।  उनीसँग नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति तथा विभिन्न वित्तीय संस्थामा काम गरेको अनुभव छ । उनले काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेका छन् ।तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल गत पुस २० मा समाप्त भएसँगै धितोपत्र बोर्डको अध्यक्ष पद रित्त रहेको थियो।

यस अगाडीको सत्ता समिकरणमा दरार आउनुको एउटा कारण बोर्डको अध्यक्ष नियुक्त प्रक्रिया पनि थियो । लामो समयको विवाद पछि अन्तत बोर्डले ११ महिना पछि अध्यक्ष पाएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया