Nepal Life

ज्योति विकास बैंक–ई–रिभल्भिङ इन्डियन कुजिन रेस्टुराँ सम्झौता, १० प्रतिशतसम्म छुट

Sagarmatha Lumbini
  • BFIS News
  • 2024 Nov 29 14:15
ज्योति विकास बैंक–ई–रिभल्भिङ इन्डियन कुजिन रेस्टुराँ सम्झौता, १० प्रतिशतसम्म छुट

काठमाडौं। ज्योति विकास बैंकले न्युरोडमा रहेको रहेको ई–रिभल्भिङ इन्डियन कुजिन रेस्टुराँसँग ग्राहकलाई छुट सुविधा दिने सम्झौता गरेको छ। सम्झौतापछि उक्त रेस्टुराँमा बैंकका ग्राहकले १० प्रतिशतसम्म छुट पाउनेछन्।

Nepal Life
NIMB

स्वादिष्ट परिकार, आकर्षक वातावरण, उत्कृष्ट आतिथ्य सेवा र हरेक ४६ मिनेटमा सुस्त घुमाउरो/घुम्ने विशेषताका कारण रेस्टुरेन्ट ग्राहक रोजाइमा पर्दै गएको छ।

बैंकले काठमाडौं स्थित अचार घर, नेपाल हाउस रेस्टुरेन्ट एन्ड बार र र महोत्सव एन्ड बारमा १० प्रतिशतसम्म प्रख्यात स्वेच्छा ट्रेडर्समा १८ प्रतिशतसम्मको विशेष छुट दिने सम्झौता गरेको छ। यस्तै, ग्राहकलाई अन्नपूर्ण केबल कारमा १० प्रतिशतसम्मको विशेष छुट दिने सम्झौतासमेत भइसकेको बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया