NIMB Header 2
Nepal Life

गार्डियन माइक्रो लाइफको आइपिओ आजदेखि निष्काशन, पहिला विदेशमा रहेकालाई, कति दिने आवेदन ?

National Life
  • BFIS News
  • 2024 Dec 04 05:24
गार्डियन माइक्रो लाइफको आइपिओ आजदेखि निष्काशन, पहिला विदेशमा रहेकालाई, कति दिने आवेदन ?
Sanima Reliance

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि आइपिओ निष्काशन गरेको छ । कम्पनीले आजदेखि वैदेशिक रोजगारीमा गएका नेपालिहरुलाई निष्काशन गरेको हो । 

Shikhar
NIMB

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ । सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले कर्मचारीहरुका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता शेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर छुट्याएको छ। बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पुस ३ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्।

कति कित्ताका लागि दिने आवेदन

कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्काशन गरेको २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर न्युनतम १० कित्ता वितरण गर्दा पनि २२ हजार ५०० ले मात्रै प्राप्त गर्न सक्छन् । गएको वर्ष हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको शेयरमा ३२ हजार ६४ जनाले आवेदन दिएका थिए । यहि अनुपातमा आवेदन पर्यो भने पनि सबैले १० कित्ता शेयर पाउन सक्ने सम्भावना कम छ । धेरै लामो समय पछि आइपिओ निष्काशन भएको हुँदा कतिपय शेयरधनीले भुल्न पनि सक्छन् र कतिपय नयाँ पनि आउन सक्ने हुँदा न्युनतम १० कित्ता र अधिकतम २० कित्ता भन्दा बढिको आवेदन आवश्यक देखिदैन । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। वैदेशकि रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया