NIMB Header 2
Nepal Life

चीनसँगको बीआरआई सम्झौताले झस्किएको राजनीतिक माहोल सँगै बजारमा गिरावट, ठुलाले नाफा बुक गर्दा कारोबार बढ्यो

National Life
  • BFIS News
  • 2024 Dec 04 15:15
चीनसँगको बीआरआई सम्झौताले झस्किएको राजनीतिक माहोल सँगै बजारमा गिरावट, ठुलाले नाफा बुक गर्दा कारोबार बढ्यो
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले चीन सँग बीआरआई सहकार्य फ्रेमवर्कमा सहमति जनाए सँगै नेपालको रानीतिक बृत्त भने झस्किएको छ । नेपालले चीन सँग ‘एड असिस्टेन्स फाइनान्सिङ’ शब्द राखेर समझदारी पत्रमा हस्ताक्षर गरेको छ । चीन सँग ऋण सम्झौता नगर्ने नेपाली कांग्रेसको अडानलाई लत्याउदै ओली नेतृत्वले नेपालले विभिन्न दातृराष्ट्र तथा दातृनिकायबाट लिँदैआएको सहुलियतपुर्ण ऋणकै मोडालिटीमा चीनबाट समेत ऋण लिन सक्ने, परियोजना हेरेर अनुदान वा अन्य सहयोगमा जोड गर्ने उल्लेख गर्दै समझदारी पत्रमा हस्ताक्षर गरेको छ । 

Shikhar
NIMB

यहि परिदृश्यमा आज नेप्से सूचक २४.९७ अंकले गिरावट भएर बन्द भएको छ । आज नेप्से सूचक २७५०.८७ अंकमा झरेको छ । यस पटक ओलीले पहिलो पटक चीन भ्रमण गरेका छन् । भारतले औपचारिक निम्तो नदिए सँगै उनि चीन लागेका हुन् । यस सँगै अव भारतले वर्तमान सरकारलाई के कस्तो एक्सन लिने हो भन्ने कुराले राजनीतिक बृत्त झस्किएको छ । 

दुई शक्तिशाली दलको गठबन्धनमा सरकार निर्माण भएकाले भारतलाई सरकार ढाल्न पनि गाह्रो छ । यदि नेपाली कांग्रेसले भारतको दवावमा सरकारबाट बाहिरिने निर्णय गर्यो भने कुनै पनि समयमा सरकार ढल्न सक्छ । यहि गतिरोधका कारण आज ठुला लगानीकर्ताले शेयर बिक्री गर्दा ९ अर्ब १३ करोडको कारोबार भएको छ । 

यसबाट साना लगानीकर्ता फस्ने डर धेरै हुन्छ । नियमित शेयर खरिद बिक्री गर्नेले मूल्य झारेर शेयर खरिद गर्न खोजिरहेका हुन्छन् । भोलिको अनिश्चयलाई मध्यनजर गर्दै बाठा र ठुला लगानीकर्ताले पनि थोरै थोरै गरेर शेयर सप्लाइ गरिदिन्छन् । जुन कुरा साना लगानीकर्ताले पत्तै पाउदैनन् । जव ठुलाले बिक्री गरिसक्छन् त्यस पछि बजारमा पहिरो जान्छ । 

आज हाइड्रोपावर, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्सको सूचकमा सुधार देखिए पनि बाँकी सबै सूचक तल झरेका छन् । खानी खोला, जोशी र रिभर फल्स सर्किट लेभलमा बढेका छन् । सपोर्ट माइक्रोफाइनान्स, एलआइसी र बिबिसीको शेयर मूल्य सर्किट लेभलमा घटेका छन् । जोशी हाइड्रोपावरको सर्वाधिक धेरै ३० करोड ३० लाखको कारोबार भएको छ । 

पछिल्लो समय शेयर बजारले अवरोध बिन्दुलाई तोड्न सकिरहेको छैन । जव जव बजार सुधारको तलमा पुग्न थाल्छ तव तव कुनै न कुनै राजनीतिक अनिश्चयका परिघटनाहरु बाहिरिन्छन् । जसले गर्दा लगानीकर्ताको कन्फिडेन्स घटाउने गर्छ ।   

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया