Nepal Life

मुनाफा बाहिर लैजान नदिँदा विदेशी कम्पनी नेपालमा लगानी गर्न डराए : गगन थापा

NMB Bank
  • BFIS News
  • 2024 Dec 10 19:56
मुनाफा बाहिर लैजान नदिँदा विदेशी कम्पनी नेपालमा लगानी गर्न डराए : गगन थापा
United Ajod

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विदेशी कम्पनीहरू नेपालमा लगानी गर्न डराइरहेको बताएका छन् । लगानी गरेर कमाएको मुनाफा सरकारले बाहिर लैजान नदिँदा विदेशी कम्पनीहरू डराइरहेको उनले उल्लेख गरे ।

Shikhar
Nepal Life
NIMB

मानवअधिकार तथा शान्ति समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा उनले सरकारले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण अझै बनाउन नसकेको बताए । “नेपालमा अहिले लगानी गरेर मुनाफा कमाएर बाहिर लग्न खोज्ने तीन कम्पनीहरूलाई सरकारले अवरोध सिर्जना गर्दा उनीहरू र अन्य कम्पनीहरू पनि  नेपलामा लगानी गर्न डराइरहेका छन्,” उनले भने, “ती कम्पनीहरूको नाम लिन म पनि डराइरहेको छु । हामीलाई फाइदा चाहिएको छ, तर हामीले वातावरण बनाउन सकिरहेका छैनौँ ।”

रोजगारी दिने काम सरकारको नभई निजी क्षेत्रको भएको उनको भनाइ छ । त्यसका निम्ति सरकारले सहज वातावरण सिर्जना गरिदिनुपर्नेमा उनले जोड दिए । नेपालमा एक आर्थिक वर्षमा पाँच लाख मानिसलाई रोजगारी दिन सक्ने गरी निजी क्षेत्रलाई चलायमान बनाउनुपर्ने उनले बताए ।

“...रोजगारी सिर्जना सरकारले गर्न सक्दैन । रोजगारी सिर्जना गर्ने काम निजी क्षेत्रको हो । तर, सरकारले त्यसको लागि वातावरण बनाइदिनुपर्छ,” उनले भने ।

सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका कम्पनीका निम्ति बाहिर लगानी गर्न नेपाल राष्ट्र बैंकले बाटो खोलिदिनुपर्ने उनले बताए ।विश्वभर आर्थिक आय बढ्दा पनि जनसंख्या घट्दै गएको भन्दै उनले अबको २० वर्षपछि नेपाल जापान र कोरियाजस्तै राष्ट्र बन्ने बताए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया